मुकुल ढकाललाई साधारण सदस्यबाट निष्कासन गर्ने रास्वपाको तयारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट हटाउने तयारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेर साधारण सदस्यबाट निष्कासन किन नगर्ने? भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ । उनले पार्टीविरुद्ध निरन्तर विवादित टिका टिप्पणी गरेको रास्वपाले जनाएको छ ।

ढकाललाई बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र पठाउँदै २४ घण्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ। ‘पार्टी विरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ?’ ढकाललाई स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ।

आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी विभिन्न माध्यमहरुबाट पार्टी हितविपरीत गई विचार दिएको रास्वपाले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *