बाबाको संझना ।।
आउँन बाबा छिट्टैआउन
नजाउ तर्केर
हाम्रो माया संझि बाबा
आउन फर्केर ।१
हामि साना छदां बाबा
तिमी गएको
खवर समेत छैन बाबा
कस्तो भएको । २
साना बच्चा थियौं बाबा
हुर्कि बढ्दै आयौं
तिम्रो माया कस्तो हुन्छ
बल्ल थाहा पायो ।।३
राम्रो लाउने मिठोखाने
रहर कति हुन्थ्यो
आमा दुखि बनी बस्दा
हाम्रो मन रुन्थ्यो ।४
जिनतिन पढ्यौ बाबा
गाउंघर लम्कि
किन हिड्न सक्थ्यौ बाबा
धनी जस्तो चम्कि ।५
आमा गर्थिन मेलापात
झुपडिको बासमा
संझि सधैं रोएका छौ
बाबा तिम्रै आशमा ।६
हामिलाई त रुने पार्यौ
आमालाई नरुवाउ
माया मार्न सकिएन
अमृत बिष नखुवाउ ।७
कस्तो थियौ पहिले
मुहार बिर्सियो
आमा रुन्छिन धर धर
मन तर्सियो ।८
दुख सुख मिलेकै छ
राम्रो आमाको
माया मोह खाचो भो
हाम्रो बाबाको ।।९
तन्मा बावा मन्मा बाबा
सधैभरि आश छ
भन बाबा आउछौ लिन
कहाँ तिम्रो बास छ ।१०