गजुरीमा पहिरो खस्दा पृथ्वीराजमार्ग प्रभावित

काठमाडौं । धादिङको गजुरीमा पहिरो खस्दा पृथ्वीराजमार्ग प्रभावित भएको छ । गजुरी गाउँपालिका ६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ । सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *