ट्रस्ट माइक्रोले ब्लुबुक नवीकरण गरेर घरमै ल्याइदिने

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले बीमितको सवारी ब्लुबुक रिन्यू (नवीकरण) गरिदिने भएको छ । आफ्नो कम्पनीमा इन्स्योरेन्स गर्ने सवारीको ब्लु बुक रिन्यू गरिदिएर घरमै ल्याइदिने कम्पनीले जनाएको छ ।

घरमै आएर ब्लु बुक रिन्यू गरिदिएर फेरि घरमै ल्याइदिएवापत कम्पनीले कुनै शुल्क नलिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गानाले बताए । तर, रिन्यू गर्दा यातायात कार्यालयमा बुझाउनु पर्ने रकम भने बीमित स्वयमले बेहोर्नुपर्ने उनले स्पष्ट पारे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *