जनउत्थान सहकारीलाई ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’

काठमाण्डौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’ प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू)ले इन्डोनेसियाको बालीमा आयोजना गरेको अकू फोरम २०२४ मा संस्थालाई ब्राण्ड प्रदान गरेको हो । अकूका अध्यक्ष योनसुक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनीं)ले जनउत्थान साकोसका कार्यवाहक अध्यक्ष गिरीप्रसाद पुन र प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापालाई ब्राण्ड हस्तान्तरण गरेका थिए । नेपालबाट जनउत्थानले मात्र ब्राण्ड प्राप्त गरेको हो । एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको एव् एक्सेस कार्यक्रममा आवद्ध जनउत्थानले सहकारी क्षेत्रमा आएको असहज परिस्थितिका बाबजुद पनि ब्राण्ड प्राप्त गर्न सफल भएको हो । यस वर्ष (सन् २०२४–२०२५)एशिया भरबाट ५ वटा सहकारीले मात्रै एक्सेस ब्राण्ड पाएको छ ।

नेपालबाट ब्राण्ड प्राप्त गर्नेमा जनउत्थान मात्रै रहेको छ । गत वर्ष नेपालबाट जनउत्थान र चण्डेश्वरी साकोसले ब्राण्ड पाएका थिए । गत वर्ष जनउत्थानले सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । २०७६ सालमा नेपालका २४ वटा सहकारीले एक्सेस ब्राण्ड पाएका थिए । यो पटक जनउत्थानले मात्रै ब्राण्ड प्राप्त गरेको हो । संस्थाले ब्राण्ड प्राप्त गरेसँगै ४० हजार सदस्य, सञ्चालक, अग्रज नेतृत्व, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार, उपसमिती, कर्मचारीहरु लगायतमा संस्थाका का।व। अध्यक्ष पुनले व्यक्त गरेका छन् । सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ । जनउत्थान साकोसले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, लगायत थुप्रै निकायबाट सम्मान पुरस्कार प्राप्त गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *