कात्तिक १५ बाट प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक वान’को नायिका आना शर्माको पोस्टर सार्वजनिक

काठमाडौँ । कात्तिक १५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । उनको चरित्रको नाम प्रकृति रहेको बाहेक निर्माण पक्षले केही जानकारी दिएको छैन ।

यसअघि सिनेमाका तीनवटा पोस्टर सार्वजनिक भएका थिए । जहाँ फर्स्टलुक पोस्टरमा सिनेमाका प्रमुख कलाकार प्रदीप खड्काका पाँच भिन्न गेटअपमा सार्वजनिक गरेको थियो ।

यस्तै अर्को पोस्टरमा यही सिनेमाबाट करिब १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको थियो ।

राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप, राजवल्लभ  र आनासँगै नव-नायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ ।

कात्तिक १५ गतेदेखि रिलिजमा आउने यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *