छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान अग्रण अनुमति दिएको हो । जोशीलाई आइतबार काठमाडौँमा पक्राउ गरेर राती पोखरा ल्याइएको थियो । जोशी विदेश जाने तयारी गरेको सूचनाको आधारमा जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित गोरखा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रबि लामिछानेलाई नाम किटान गरेर कारबाही गर्न निर्देशन दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *