आजदेखि सर्वोच्च अदालत बन्द हुने

काठमाडौँ । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ।

बडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो । अदालतले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *