बाढीपहिरोले अवरुद्ध राजमार्गहरु खुलाउन सरकारले सेना संलग्न गराएर अध्ययन थाल्यो

काठमाडौं । निरन्तरको बर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको राजमार्गहरु दशैंअघि खुलाउने प्रयासमा सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ ।

स्रोतका अनुसार बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन सुरु गरेको छ । त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेका थिए । बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो । छलफलका क्रममा दाहालले भकुन्डेबेंसीदेखि अगाडिको १० देखि १२ किलोमिटर सडक मर्मतका लागि प्राविधिक पठाउन कठिनाइ भएको बताएका थिए ।

शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र बीपी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ । बीपी राजमार्गको काभ्रेको मंगलटार नजिकै सडक नै बगाउँदा सयौं यात्रु बाटोमै अलपत्र परेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *