बंगलादेशले पाँच देशका राजदुत फिर्ता बोलायो

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले भारत सहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ ।

भारतबाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो । पछिल्लो समय बंगलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । केही हप्ताको आन्दोलनपछि यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । आन्दोलनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो ।

उनी अहिले पनि भारतमा रहेको बताइएको छ ।  यसअघि बंगलादेशले बेलायतका आफ्नो राजदुत सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *