कांग्रेस नेता शिवाकोटी पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई मंगलबार बालुवाटारबाट प्रहरीले पक्राउ गरेको छ । शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो । शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेको जानकारी दिए । ‘म बाटोमा हिँड्दै थिए। बालुवाटार तीन नम्बर गेट अगाडि तीन चार जना महिलाहरू प्रदर्शन गर्दै हुनुहुन्थ्यो । निर्मला कुर्मी न्यायिक आन्दोलनमा रहेका रूबी खान लगायत ४ जना महिलाहरु र एकजना भिडियो खिच्दै थिए। त्यो भिडियो खिच्ने मेरो आफ्नै भाइ विजयबाबु शिवाकोटी रहेछ। म ओर्लेर उसलाई हेर्दा के गरेको भन्न जाँदाखेरि पुलिसले सबैलाई समात्यो । अनि पुलिसले मलाई पनि समात्यो’ नेता शिवाकोटीले भने ।

उनले भने, ‘मैले मेरो परिचय दिँदा पनि मलाई आन्दोलनकारी सम्झेर समात्यो । मैले मेरो परिचय दिए तर पुलिसले छाडेन । पकडेर उनीहरुसहित मलाई पनि मालीगाउँ लग्यो। पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल ल्याएको समेत उनले बताए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीले भने, ‘मैले परिचय दिएर फोटो खिच्दाखेरि पनि मेरो मोबाइल तानेर फोटो डिलिट गरियो । ममाथि धरपकड गरिएको छ । शिवाकोटीसहित अधिकारकर्मीहरू रुबी खान सहितका अधिकारकर्मीहरू पनि पक्राउ परेका छन्। काठमाडौँ प्रहरीले भने शिवाकोटी हुलमुलमा परेर समातिएको र पहिचान भएपछि छोडिएको बताएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले हुलमुलमा परेर नियन्त्रणमा लिएको तर अहिले छाडिसकिएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *