बुढेशकालमा हसी मुहार

यसो गरे पनि ठिक्क
उसो पनि ठिक्क
उमेरको आराममा
छैन मलाई दिक्क ।।१

जागिरको पेन्सनले
गार्हो छैन खर्च
बुढेशकाल भए पनि
सधै मलाई हर्ष ।।२

अहिले सम्म दरिलो छु
जेसुकै म खाउँ
काम गर्न जागंर चल्छ
जतासुकै जाउँ ।।३

गोठभरी गाई भैंसी
बाख्रा पाठा धेरै
छोडि जान्छन् जागिरमा
सबै भर मेरै ।।४

दहि दुध घ्यू मोहि
आफनै घरभरी
खान रोक छैन मलाई
खान्छु पेटभरी ।५

अर्धागिंनी भात भान्सा
चौको चुलो गर्छिन
बुढाबुढि एउटै साथ
मेरै भर पर्छिन ।६

घांस दाउरा पराल भारी
अहिलेसम्म ल्याउछु
मेरा चल्छ हात पाउँ
अरु काम भ्याउंछु ।७

छोरा छोरी नातिहरु
हासि खुसि पस्छन
माया मोह दिलाएर
सँगै साथमा बस्छन ।८

बुढेशकालको हसि मुहार
ज्यान फुर्तिलो हुुनु
दिर्घरोगि भई बस्दा
सधैं पर्थ्यो रुनु ।।९

सबलाई मेरो आशिष लागोस्
दुखाई नहोस शिर
उमेरको मादले गर्दा
नपरोस है पिर ।।२०

   संयोजक 
जेष्ठ नागरिक समन्वय समिति
सुर्यबिनायक नगरपालिका
वडा नं ३ बालकोट
(हाल अष्ट्रेलिया)
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *