न्याय निरुपणको प्रक्रिया प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलहरुको आग्रह

काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरेको छ ।

बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ । अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन सत्तारुढ दलहरुले चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतराका साथै संविधान र कानुनको पालना गर्न आग्रह गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको पनि सत्तारुढ दलको निष्कर्ष छ ।

बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले छानबिन प्रक्रियामा सत्तापक्षको कुनै आग्रह नरहेको भन्दै अदालतले सबैका कुरा सुनेर निष्कर्ष दिनेमा आफू विश्वस्त रहेको भन्दै रास्वपाको गतिविधिविरुद्ध सत्तारुढ सबै दलले आ-आफ्नो तर्फबाट वक्तव्य दिने समझदारी समेत भएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *