हालको अवस्था

साँझपख तारासँगै जुन बोलिरहेछ ,
आफ्ना पिर र बेदनाका कथा खोलिरहेछ,
तारा भन्छ चन्द्रमाको दागलाई किन टारिन्छ
जीवनका ती सङ्ग्रामहरूलाई किन खारिन्छ
त्यही जुनको आफ्नै व्यथा छ,
भन्छ घर घरमा सबको कहालीलाग्दो कथा छ,
बिजोग अवस्था छ,
मनभरि लुकाएको कठिन व्यथा छ।
चिच्याइ रहेछन् ती हिमाल, पहाड र तराई
पातालमा पनि पुग्ने चर्को ,चर्को स्वरमा कराई
विरक्तिदो छ यो देशको हालत
किन कोही सुन्दैनन् ती आमाको आवाज ?
सायद मानवता हिन छन् सब यहाँ, भावीलाई पनि नकार्न खोज्छन् जहाँ ,
शङ्का छ ,अब कलिले पाइला टेक्यो होला,
बग्छ होला अब खोलासरी यो चोला
मानवलाई त्यस्तो प्रकृतिले बनायो कि ?
बिलासिता सबै कलीले सजायो कि ?
बुझ्न सकिन्न किन खै ,
अचम्ममा छु सामाजिक प्राणी भई

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *