मन्त्री परिवर्तन हुने भन्ने कुरा हल्ला मात्र हो- गृहमन्त्री रमेश लेखक
धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।
विहिबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । उनले भने- दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन ।
उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिबर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे । प्रधानमन्त्रीको चिन भ्रमणको बिषयलाई लिएर दुई दल बिच खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको बिषयलाई लिएर वेकामको हल्ला चलाईएको बताए ।
उनले भने- एमाले र काँग्रेस बिच कुनै पनि बिषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाईरहेका छौं, २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौं ।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै बिदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चिन कुन देश अगाढी जानू भयो भन्ने बिषय सामान्य रहेको उल्लेख गरे ।