लक्ष्मी अटोकम्पद्वारा टाटा ग्रिन ब्याट्रीको ‘च्यानल पार्टनर मिट’ आयोजना
काठमाडौं । टाटा ग्रिन ब्याट्रीको ‘च्यानल पार्टनर मिट’ सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्पले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १५० जना सहभागी भएको कम्पनीले जनाएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा टाटा अटोकम्पका बजार प्रमुख उत्सव बनर्जीले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बनर्जीका साथै टाटा अटोकम्पका निर्यात व्यवस्थापक अनिस सिंहले टाटा ग्रिनको इतिहास र भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए । लक्ष्मी अटोकम्पका बिक्री प्रमुख उमेश घिमिरेले नेपाली बजारमा रहेका टाटा ग्रिनको ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजनाबारे बताएका थिए ।
सो अवसरमा डिलर सञ्चालकहरूले टाटा ग्रिनप्रतिको आफूहरूको धारणा र अनुभव आदानप्रदान गरेको जनाउँदै लक्ष्मी अटोकम्पले सो अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्रीसमेत लन्च गरिएको बताएको छ । नेपाली बजारमा अब ८५० भीए, एक हजार भीए र एक हजार ४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध हुनुका साथै ७।२, ९ र १२ एएचका औद्योगिक ब्याट्री समेत उपलब्ध रहेको जनाइएको छ । जापानी ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो । हाल यो कम्पनीले २।५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गर्दै आएको छ । यो कम्पनीले वार्षिकरूपमा १४ चार पाँग्रे र २४ लाख दुई पाँग्रे सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको कम्पनीको भनाइ छ ।