नगरकोटी दम्पतीका २ छोरीको अभिभावक बन्ने ‘प्रचण्ड’को घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीसँग भेट गरेका छन्।

अध्यक्ष दाहालले सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट पुगेर दुई बालिकासहित नगरकोटीको परिवारसँग भेट गरेका हुन् । चण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका थिए । कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीको मृत्यु भएको थियो।

भेटमा ‘प्रचण्ड’ले नगरकोटी दम्पतीको मृत्यु भएपछि दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफूसँगै रहने प्रतिबद्धता जनाएको सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *