युक्रेनको मुख्य केन्द्रमै क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभ स्थित महत्वपूर्ण संरचनामा आक्रमणको चेतावनी दिएका छन् ।

काजकिस्तानको राजधानी अस्तानामा पूर्व सोभियत राष्ट्रहरूको सुरक्षा गठबन्धनको बैठकलाई सम्बोधन गर्दै उनले सरकारी, राजनीतिक तथा सैन्य अखडाहरुमा आक्रमण गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत दुई दिनमा रुसले सय वटा ड्रोन तथा ९० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गर्दै पुटिनले आवश्यक परे युक्रेनले राजनीतिक निर्णय दिने महत्वपूर्ण अखडाहरुलाई निशाना बनाउने बताएका हुन ।

युक्रेनले लामो दुरीको क्षेप्याष्त्र आफ्नो भूमिमा प्रयोग गर्न थालेपछि रुसले पनि यक्रेन माथि आक्रमण तिव्र पारेको छ । रुसले मध्यम दुरीको अत्याधुनिक हतियार ‘ओरेश्निक’ मिसाइल प्रयोग गर्न थालेको छ । आकाशमा शत्रुहरुले नष्ट गर्न नसक्ने क्षेप्याष्त्रले आणविक हतियार सरह क्षति पुर्‍यउने समाचारमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *