राष्ट्रपति पौडेलले विभिन्न चार देशका राजदूहरूको शपथ ग्रहण गराए
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार देशका राजदूहरूको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति पौडेलले आज (आइतबार) बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा। शैल रुपाखेती, साउदी अरबका लागि डा। नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।