आफूविरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न हर्क साम्पाङले लेखे गृहमन्त्रीलाई पत्र

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् ।

आइतबार सामाजिक सञ्जालमा सेयर गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न पत्रमा माग गरेका छन् । ‘मैले नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक झुटो समाचार प्रकाशन गरी मेरो चरित्र हत्या गर्ने प्रयास गरेको’ आरोप उनले पत्रकार दाहाललाई लगाएका छन् ।

हर्क साम्पाङको पत्र :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *