हुन्डाई नेपालको नयाँ अफर ‘डिसेम्बर डिलाइट’ अभियान

काठमाण्डौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइटु अभियान सुरु गरेको छ । १५ डिसेम्बरसम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभ लिन सक्ने कम्पनीले बताएको छ । ‘डिसेम्बर डिलाइट अन्तर्गत, ग्राहकहरुले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा जेरो कस्ट अनरसिप प्लान पनि रहेको छ । यस प्लानमा ग्राहकहरूले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् ।

साथै, ३ वर्षको निःशुल्क चेक अप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने कम्पनीको भनाइ छ । हुन्डाई नेपालले ग्राहकहरूको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको र यसबाट देशभरका शो रुमहरूबाट फाइदा उठाउन सकिने बताएको छ । साथै, आगामी शनिबार योमरी पुन्ही र उँधौली पर्वको अवसरमा नक्साल, भक्तपुर र थापाथालीका शोरुमहरूमा पर्व विशेष कार्यक्रम पनि आयोजना गरिने कम्पनीले जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *