काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।
आज भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको १०४ रनको लक्ष्य कर्णालीले १५ औँ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।