‘मिसेस हिमालयन नेपाल २०२४’ को ताज कविता बिशुंखेलाई

काठमाडौं । ‘मिसेस हिमालयन नेपाल २०२४’ को ताज थलीकी सौन्दर्यकर्मी कविता बिशुंखेले जितेकी छन् ।

शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीतामा कविताले ताजसँगै नेपाल फेशन एण्ड इन्टरटेनमेन्ट इन्टरनेसनल अवार्ड जापान २०२५ को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन् । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा सारिका महतो फस्ट रनर अप तथा सुशिला न्यौपाने सेकेन्ड रनरअप भएका छन् । सो कार्यक्रम मिसेस हिमालयन नेपाल प्रतियोगीताको एघारौँ संस्करण हो ।

निलो रंगको क्याजुअल पोशाकमा आर्कषक नृत्य प्रस्तुत गर्दै प्रतियोगीहरूले सुरु गरेको कार्यक्रममा परिचयात्मक चरण, प्रस्नोतर चरण, लेहेङ्गा चरण, टप टेन, टप फाइभ र क्राउनिङ चरणमा गरी प्रतिस्पर्धीहरुले आफुलाइ अब्बल रुपमा प्रमाणित गर्ने प्रयास गरेका थिए । प्रतियोगीहरुलाई चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले करिव तीन साता सम्म नृत्य, क्याटवाक, व्यक्तित्व विकाश बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती लगायत अन्य विविध बिषयमा तालिम दिएकी थिइन् । कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्बा आफै आकर्षक पहिरनमा स्टेजमा उत्रेकी थिइन् ।

कार्यक्रममा विविध कलाकारहरुले आर्किषक नृत्य प्रस्तुत गरेका थिए भने विवाहित महिलाहरुको सौन्दर्यता र वैौद्धिकताको श्रीवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *