भक्तपुरको बालकोटमा मृत भेटिए बाबु–छोरा

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव भेटिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविनको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।

मृतक दुवैको शरीरमा चोट देखिएको छ । सँगै बस्दै आएका कुलप्रसादका जेठा छेरा भने सम्पर्कबिहीन छन् । उनको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *