भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौँ । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन पछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँ दिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । “दिवङ्गत महानुभाव प्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ । “स्वर्गीय डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, भने राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिएपनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् ।