सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ । ‘२५ पुस आसपासमा अधिवेशन बोलावट हुन्छ’ एक मन्त्रीले भने । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि बस्न सक्छ ।संसद्मा बिचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट पहल लिइरहेकाले वजनेश समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारुढ दलका नेताहरू बताउँछन् । एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ । संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण समेत गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *