सूर्यदर्शन सहकारी प्रकरणमा सकियो प्रतिवादीको बयान, निषेधित क्षेत्रमा सुरक्षा कडा

काठमाडौँ । कास्की जिल्ला अदालतमा सहकारीको रकम अपचलनमा पक्राउ परेका प्रतिवादीतहरूको बयान सकिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएको हो । अब जाहेरवालाको तर्फबाट बहस शुरू हुने अदालत स्रोतले जनाएको छ । न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पौष ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *