संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीचको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरूङ

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पारे । संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनु पर्ने अवस्था रहेकाले केहि समय लाग्न सक्ने उनको भनाइ छ । संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुनसक्ने भएकाले केहि समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुनसक्ने उनले बताए । प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुईदलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरुसँग छलफल गरिने धारणा राखे ।

संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केहि समय लाग्न सक्ने उनको भनाइ छ । उनले सदनमा होल्डमा रहेका विधेयकलाई समेत अन्य दलसँग छलफल गरेर छिटो भन्दा छिटो अघि बढाइने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *