युद्धविराम र बन्धकहरूको रिहाइका विषयमा बाइडेन-नेतन्याहु वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि जारी वार्ताको बारेमा कुरा गरेका छन् ।

यो वार्ता डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो । ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए । राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि कुरा गरेका छन् । यो वार्ता नेतान्याहुको बयानपछि भएको हो जसमा नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए । शनिबार, डोनाल्ड ट्रम्पका मध्य पूर्व राजदूतले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ट्रम्पको शपथ ग्रहण अघि सम्झौतामा पुग्नको लागि भेटेका थिए ।

डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुनेछ’ भनी यसअघि नै भनिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *