दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ

काठमाडौं । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् । आज पक्राउ परेका उनले आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको बताएका छन् । यद्यपि, रक्तपात रोक्न पक्राउ गरिएको बताएका छन् । पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् । युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए । तर, विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए । स्थानीय सञ्चारमाध्यमले राष्ट्रपतिको घरबाट सवारी साधन निस्किएको जानकारी दिएका छन् ।

दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले युनविरुद्ध बिहान ७ः२३ मा पक्राउ वारेन्ट कार्यान्वयन गरेको जनाएको छ । एक भिडियो विज्ञप्तिमा, पक्राउ परेका राष्ट्रपति युनले आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताएका छन् । “अवैध अनुसन्धान भए पनि मैले सीआईओसमक्ष हाजिर हुने निर्णय गरेको छु । रक्तपात नहोस् भनेर यो निर्णय लिएको छु,” उनले भने, “यद्यपि, यसको मतलब यो होइन म यो अनुसन्धानलाई सही मान्छु ।” तीन मिनेटको भिडियो सन्देशमा, युनले अनुसन्धान एजेन्सी र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नभएको बताएका छन् । बीबीसी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *