आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ । आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
बुधबार दिउँसो पक्राउ परेकी तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । तामाङविरुद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
तामाङविरुद्ध केहि दिनअघि पशुपति क्षेत्र विकास कोष परिसरमा महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । उनले महिला प्रहरीलाई दुर्व्यबहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।