सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारीमा माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ।

पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गराउनको लागि हिजो बसेको पदाधिकारी बैठकमा सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पेस भएको हो। सचिव लीलामणि पोखरेलेले बैठकमा कार्ययोजना र कार्यविभाजनाबारे सामान्य छलफल सुरुआत मात्रै नभएको बताए। उनले भने, ‘पदाधिकारी बैठकमा कार्ययोजना र कार्यविभाजनबारे सामान्य छलफल सुरुआत भएको छ। ६ गते फेरि बैठक बस्दै छ। त्यस दिन टुंग्याउने भन्ने छ।’

उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको बताए । कार्ययोजना र कार्यविभाजनबारे पदाधिकारीहरूको हिजोको बैठकमा सुझाव दिएको उनले बताए । कार्यविभाजन टुंग्याउँदा अखिल क्रान्तिकारीमा उमेर हद लागू भएपछि नेतृत्वको दौडबाट बाहिरिएको नेताहरूको व्यवस्थापनबारे पनि निर्णय गर्नेछ ।

माओवादीको केन्द्रीय कमिटी बैठकले ६ महिना जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि अर्को ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *