मंगलबार नेप्से ५ अंकले बढ्यो

काठमाडौँ । मंगलबार नेप्से ५ अंकले बढेको छ । नेप्से आज ५.०८ अंकले बढेर नेप्से परिसूचक २६१३ मा कायम भएको छ ।

आज १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो । सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो । आज कारोबार ६ अर्ब १९ करोड १ लाखको भएको छ ।

आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो । जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीले बजार उचाले । यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *