प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली बुधबारका लागि निर्धारित कार्यक्रममा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको घाँटीमा समस्या देखिएको उनको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बिरामी भएपछि बुधबारका लागि तय गरिएको भेटघाट लगायतका कार्यक्रम रद्द गरिएको छ ।

ओली साढे ११ बजे हल्चोकमा उपस्थित हुने तय भएको थियो । तर ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी उपस्थित भएनन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार चिसोको कारण प्रधानमन्त्रीको स्वर भासिएको भने उनलाई बोल्न असहज भएकोले उनी बालुवाटारमै आराम गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *