फिल्म ‘महाभोज’को छायांकन सुरु

काठमाडौँ । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सुरु गरेका छन् । 

गत माघ १ गते काठमाडौंमा मुहूर्त गरिएको फिल्मको मंगलबारदेखि पोखराको घाचोकबाट छायांकन शुरु गरिएको हो । अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले फिल्मका लागि पहिलो सट दिएका थिए । ४५ दिनको तालिकामा सम्पूर्ण छायांकन पोखराको सेरोफेरोमा हुने बताइएको छ ।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा खगेन्द्र र मोहनसहित आर्यन सिग्देल, दयाहाङ राई, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने लगायतको अभिनय रहनेछ । फिल्मको कथा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्ध रहेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *