सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताएका छन् ।

आज मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले ल्याएका अध्यादेश सही भएको दाबी गर्दै अध्यादेशबाट युवाहरू धेरै खुसी भएको बताए । उनले संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश स्थायी कानुनका रूपमा परिणत हुने भन्दै त्यसका लागि सांसदहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।

‘आम रूपमा अध्यादेश सही छन् । विशेषगरी आइटी सेक्टरका युवाहरुले स्वागत गरेर खुसी मनाएका छन्’, प्रधानमन्त्री ओलीले भने– ‘यसले युवाहरूलाई नेपालमा बसेर काम गर्ने वातावरण बनाउँछ’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *