प्रोग्रेशिभ फाइनान्स र एएसजीआई केयरबीच सम्झौता

काठमाण्डौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र एएसजीआइ केयर बिच आपसी व्यवसायिक हित तथा विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्नकालागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा फाइनान्सका ग्राहक, शेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमा १० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको हो । सम्झौता अनुसार, एएसजीआइ केयरले ओपिडीमा पहिलो पटकको दर्ता निःशुल्क तथा वर्षमा दुई पटक निःशुल्क आँखा जाँच अभियान सञ्चालन गर्नेछ ।

यसबाहेक विभिन्न क्षेत्रमा आँखा शिविर लगायतका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलापहरुमा फाइनान्स सँग सहकार्य गर्ने समेत समझदारी भएको छ । समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका तर्फबाट अपरेशन म्यानेजर राधिका महतोले हस्ताक्षर गरे । उक्त अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका तर्फबाट बजार व्यवस्थापक संजीव कुमार ठाकुरको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *