आइएमई लाइफको नाफा १४.१० प्रतिशत बढ्यो
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासमा २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले १४.१० प्रतिशत बढी नाफा गरेको हो । चालु आवको पुससम्ममा कम्पनीले २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ५७ लाख रुपैयाा खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले २ अर्ब २५ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ कुल आम्दानी र २ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत वर्ष ७ अर्ब ५४ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार समीक्षा अवधिमा बढेर १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ पुगेको छ । १५ अर्ब २ करोड २७ लाख रुपैयाँ दीर्घकालिन लगानी गरेको यस कम्पनीको अल्पकालिन लगानी भने १ अर्ब ६८ करोड रुपैयाँ छ ।