टाटा नेक्सन केथ्री ईभी सार्वजनिक
काठमाडौं । टाटाको नेक्सन केथ्री ईभी आइतबार नेपालमा सार्वजनिक भएको छ । काठमाडौंमा सार्वजनिक भएको उक्त एसयूभी कारको ट्यागलाइन ‘गेम चेन्जर’ रहेको छ । नेपालका लागि टाटाको आयातकर्ता तथा बिक्रेता सिप्रदी ट्रेडिङले कार सार्वजनिक गर्दै उक्त कार गेम चेन्जरको भूमिका खेल्ने दाबी गरेको हो । सिप्रदी टेडिङका वरिष्ठ प्रवन्धक निर्मल खत्रीले उक्त कारको पाँचवटा पिल्लर रहेको र सोही पिल्लरहरूले सो कारलाई गेम चेन्जर बनाउने दाबी गरे । उनका अनुसार डिजाइन, प्रविधि, अल्ट्रा कम्फर्टको फिचरहरू, सूरक्षा र पफर्मेन्सले सो कारलाई गेम चेन्जरको रूपमा परिवर्तन गर्नेछ । कारमा नयाँ र डिजिटल डिजाइन हुनुका साथै फ्युचरस्टीक, इनोभेटिभ र यूजर फ्रेण्डली प्रविधि रहेको खत्री बताउँछन् । नेक्सन केथ्री ईभको डिजाइनमा बाइफङ्सनल एलईडी रहेको छ । सेन्टर पोजिसन ल्याम्प र पछाडि एनटूएन कनेक्टेड डीआरएल रहेको छ । यसले गाडीलाई विशेष लुक्स दिएको उनको भनाइ छ । यसका साथै नयाँ डिजिटल ड्यासबोर्ड र स्मार्ट डिजिटल स्टेरिङ ह्वील रहेको छ । खत्रीका अनुसार सो गाडीमा भएको स्मार्ट डिजिटल शिफ्टर फिचरले ड्राइभ मोड सेलेक्सन गर्न सजिलो पनि बनाउने छ ।

सो कारमा १२.३ इन्चको अल्ट्रा एचडी सिनेम्याटिक टच स्क्रीन र १०.२ इन्चको अर्को इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । जसलाई चाहेअनुसार कस्टमाइज पनि गर्न सकिन्छ । जसमा म्याप पनि हेर्न सकिन्छ । गाडीमा जडित जेबीएलको साउण्ड सिस्टम र ९ वटा स्पीकर सिस्टमले थ्रीडी साउण्ड सुन्न सकिन्छ । यो गाडीको सबैभन्दा महत्वपूर्ण फिचर भनेको ‘भेहिकल टु भेहिकल फिचर’ पनि हो । अर्को गाडीलाई सो नेक्सन केथ्री ईभीले चार्ज गर्न सकिन्छ । जसका लागि बाइडीरेक्सनल चार्जिङ सपोर्ट गर्ने कार हुनु पर्दछ । सो गाडीमा भेहिकल टु लोड पनि छ । अर्थात गाडीलाई पावर बैंकको रूपमा प्रयोग गर्न पनि सकिन्छ । कुनै पनि विद्युतीय उपकरणहरू सो गाडीबाट चार्ज गर्न सकिन्छ । गाडीमा अगाडि ११.६ लिटरको फ्रङ्क र पछाडि ३.१५ लिटरको बुट स्पेस रहेको छ । यसैगरी, गाडीमा ३६० डिग्री क्यामेरा रहेकाले टर्निङ गर्दा, साँघुरो बाटोमा गाडी चलाउँदा सजिलो हुने जनाइएको छ । फ्रन्ड पार्किङ सेन्सरका साथै ईलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम रहेको छ ।
सो प्रोग्रामअन्तर्गत अन्य ११ वटा सुरक्षाका फिचरहरू रहेका छन् । यसका साथै ६ वटा एयर ब्याग सो गाडीमा रहेको खत्रीले जानकारी दिए । ९८ किलोवाटको मोटर रहेको सो गाडीमा ४५ किलोवाटको ब्याट्री रहेको छ । सो गाडी एक पटक चार्ज गरेपछि ३२५ किलोमिटर गुड्ने जनाइएको छ । ७.२ किलोवाटको चार्जर सो गाडीमा पाइन्छ । ६ घण्टा ३६ मिनेटमा उक्त गाडी फुल चार्ज हुन्छ । ६० किलोवाटको डीसी फाष्ट चार्जरले ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो गाडीमा सीटी, ईको र स्पोटर्स गरी तीनवटा मोडहरू पाउन सकिन्छ । आफ्नो अनुकूलताअनुसार ती मोडहरू परिवर्तन गर्दै गाडी चलाउन सकिन्छ । गाडी ५ वटा रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले बुकिङ खुल्ला भएको बताए । यसका साथै हाललाई सो गाडीमा अफर रहेको पनि उनले जानकारी दिए । उनका अनुसार अफरको समयमा सो गाडी खरिद गर्ने ग्राहकले ७.२ किलोवाटको चार्जर फ्रिमा पाउने छन् । सो चार्जरको मूल्य १ लाख ३५ हजार रहेको छ । गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।














