भ्रामक समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफको आपत्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नाबारे तथ्यहीन समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र संचालकहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कम्पनीले भ्रामक समाचारमा विश्वास नगर्न पनि अपिल गरेको छ । भ्रामक समाचार प्रसारण तथा प्रकाशनविरुद्ध कानुनी उपचारका लागि अघि बढ्ने प्रक्रियामा रहेको समेत कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *