नेपाल सुपर लिगको अक्सन फागुन १० गते

काठमाडौं। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको अक्सन मिति तय गरेको हो । एनएसएलको तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा टिम संख्या बढाएर ९ पुर्‍याइएको थियो । तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संस्करणमा सहभागि छैन । आयोजकले यस पटक फरक तरिकाले अक्सन गर्ने तयारी गरेको छ । अक्सनमा ए र बी क्याटेगोरीका खेलाडीहरु हुने आयोजकले जनाएको छ । यस्तै सी क्याटेगोरीका खेलाडीका पछि ड्राफ्ट हुनेछ । हरेक लेभलको खेलाडीका लागि अवसर प्रदान गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ । यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची समेत सार्वजनिक भएको छ । आयोजकले ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीलाई विभाजन गरेको छ । एनएसइएमका एमसी श्रेयांश कार्कीले यस पटकको अक्सन नयाँ र अनुभी खेलाडीका लागि राम्रो अवसर हुने बताएका छन् ।

यस्तै यस पटक देखि आयोजकले खेलाडी रिटेन्सन समेत लागु गर्ने भएको छ । हरेक टिमले फरक क्याटेगोरीबाट २(३ खेलाडी रिटेन गर्नेछन् । आयोजकका अनुसार हरेक टिममा २२।२३ खेलाडी हुनेछन् । त्यसको ब्रेक डाउन पनि गरिएको छ । जसमा एक जना मार्की खेलाडी हुनेछ । यस्तै क्याटेगोरी ए बाट १ रिटेन्सनसहित २ ३ खेलाडी हुनेछ । क्याटेगोरी बी बाट ६ खेलाडी हुनेछन् । क्याटेगोरी सी बाट ४ तथा क्याटेगोरी डी बाट १ खेलाडी हुनेछ । यस्तै १ रुकी खेलाडी रहनेछ भने ६ जना विदेशीरआइकोनिक खेलाडी हुनेछन् । विदेशीमा १ खेलाडी एसियाबाटै हुनुपर्नेछ । यसैगरी विदेशमा रहेका नेपाली खेलाडिहरुलाई पनि अवसर प्रदान गर्न १ एनआरएन कवटा पनि राखिएको छ । एनएसइमएका एमडी कार्कीले अक्सनको मिति तय भएपछि अब सबै टिमले मार्की खेलाडी घोषणा र प्लेअर रिटेन्सन गर्ने बताए । अकसनअघि नै सबै टिमहरुले खेलाडीहरु रिटेन्स गरिसक्नुपर्नेछ । ‘अब केही दिनमै प्लेअर रिटेन्सन, मार्की खेलाडी घोषणा हुनेछ ।’ यस्तै टिमहरुले प्रशिक्षक पनि नियुक्त गरिसक्ने सम्भावना छ । अहिलेसम्म झापा एफसी, ललितपुर सिटी एफसी र एफसी चितवनले प्रशिक्षक घोषणा नै गरिसके । अब काठमाडै रेजर्स, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीले मात्र प्रशिक्षक सार्वजनिक गर्न बाँकी छ । तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ (चैत १६) बाट सुरु हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *