आईपीएल २०२५ को खेल तालिका सार्वजनिक
काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) ले इन्डियन प्रिमियर लिग अर्थात आइपीएल २०२५ को तालिका जारी गरेको छ ।
प्रतियोगिताको १८ औं सिजन मार्च २२ बाट सुरु हुनेछ । यस सिजनमा, मार्च २२ देखि मे २५ सम्म १० टोलीहरू बीच ७४ खेलहरू खेलाइनेछ। यस सिजनको पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच कोलकाताको इडेन गार्डेनमा खेलिनेछ ।
प्रतियोगिताको फाइनल खेल पनि मे २५ मा कोलकाताको इडेन गार्डेनमा खेलिनेछ । कोलकाता नाइट राइडर्स आइपीएलको १७ औं सिजनको च्याम्पियन हो ।



