मगर्नीको तिनपानेको चर्चा

काठमाडौं । मोफलमा बसेर पनि नेपाली गीतसंगीत सिर्जनामा सकृय गायक तथा गीतकार वसन्त लम्सालले मौलिक शब्द, संगीतमा ‘मगर्नीको तिनपाने’ बोलको गीतको भिडियो सार्वजनिक गरेको केही दिनमै अत्याधिक भ्युज पाउन सफल भएको छ भने टिकटक बनाउनेको संख्या पनि बढ्दो छ ।

गीतले चर्चा पाउन थालेपछि एकथरी समुदायले रक्सीको प्रचार भो भनेर बिरोध गर्न थालेका छन् । प्रेम गौतमको शब्द, बसन्त लम्साल, सपना गाहा, सम्झना रानापालको स्वर रहेको गीतका संगीतकार स्वयं बसन्त लम्साल हुन् ।

श्याम मल्ल, अस्मि सुनार, सुमन परियार, सारद एलजी लगायतको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन शिव पौडेल, श्रृंगार श्याम मल्ल, निर्देशन सुजन मगरको रहेको छ ।

मगर्नीको तिनपाने

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *