आइएमई लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्दैछ । १४ गते अर्थात भोलि महाशिवरात्रिका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएका कारण शेयर कारोबार बन्द हुने छ ।
त्यसैले लाभांश हात पार्न आजसम्म शेयरधनी बनिसक्नुपर्ने छ। कम्पनीको साधारणसभा फागुन २५ गते दियो महल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत करसहित नगद लाभांश पारित गर्नेछ ।