सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले यस अवार्ड जित्न सफल भएको हो । नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

मंगलबार आयोजित समारोहका बीच सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो । सिटिजन लाइफ नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधिमा सिटिजन लाइफले उत्कृष्ट र नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *