बालेनको घरमा प्रचण्ड भने- ‘हामी सबै मिलेर यो देश बनाउनु छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू यतिबेला तराई-मधेश जागरण अभियानको क्रममा बालेन साहको पुर्ख्यौली घरमा पुगेका छन् ।

नेतासहित पुगेका प्रचण्डले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताएका छन् । महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन साहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरूको घरमा, हामी आइपुगेका छौँ । यो पनि एउटा रमाइलो महसुस भाछ,’ ‘प्रचण्ड’ले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’

समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै ‘प्रचण्ड’ले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *