जनकपुरमा टाटा ‘कर्भ ईभी, नेक्सन के३ ईभी र सफारी’ सार्वजनिक
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा हालै सार्वजनिक भएको ‘कर्भ ईभी’, ‘नेक्सन के३ ईभी’ र ‘टाटा सफारी’ जनकपुरमा पनि सार्वजनिक गरेको छ । जनकपुरस्थित गिरिजा अटोमोबाइल्समा बहुप्रतीक्षित गाडीहरू कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ । कार्यक्रममा सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथनका साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी उपस्थित थिए । कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतीले जनकपुरमा टाटाका नयाँ गाडी सार्वजनिक गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए । ‘अब ग्राहकले टाटाको ईभी २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ, इन्ट्री लेभल गाडी खोजिरहनुभएका ग्राहकले टियागो ईभी रोज्न सक्नुहुन्छ,’ सिजापतीले भने, ‘बजेटमा एसयूभीको आनन्द खोज्ने ग्राहकले पन्च ईभी रोज्न सक्नुहुन्छ ।’ त्यसैगरी अलि धेरै र लामो यात्रा गर्ने ग्राहकले नेक्सन के३ ईभी रोज्न सक्ने तथा प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकले कर्भ इभी टप भेरियन्ट लिन सक्ने सिजापतीको सुझाव छ । साथै, भारतमा टाटा कम्पनीले राखेको चार्जिङ सुविधाको फाइदा उठाउन उनले आग्रह गरे । त्यस्तै गिरिजा अटोमोबाइल्सका सञ्चालक यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेन्ज भएको गाडीको आवश्यकता कर्भ ईभी र नेक्सन के३ ईभीले पूरा गरेको बताए । जनकपुरपछि अब टाटाका नयाँ गाडीको सार्वजनिक कार्यक्रम वीरगञ्जमा हुने सिप्रदीले जनाएको छ ।