फर्केला त राजतन्त्र ?

गत आइतबार पोखराबाट काठमाडौँ आएका पूर्व राजाको स्वागतलाई आधार बनाएर राजावादीहरूले गरेको प्रदर्शनले मूलधारका राजनीति पार्टीहरू र तिनका नेताको सातो कहालाएको छ । अहिले राजधानीका सबै क्षेत्रमा राजा, राजतन्त्र र गणतन्त्रको स्थिति र भविष्यका सम्बन्धमा अनेक कोणबाट चर्चा परिचर्चा भइरहेको छ ।

अब राजतन्त्र फकिन्छ त भन्ने प्रश्नले धेरैलाई उद्वेलित गराइरहेको छ । राजालाई भगवानको अवतार ठान्ने, राजा नभए राजपाट नै चल्दैन भन्नेहरू त्यस घटनापछि निक्कै उत्साहित बनेका छन् । भने राजा आए सारा कुरा गुम्छ, सर्वनाशै हुन्छ भन्नेहरू भने अनावश्यक रूपले आतङ्कित भएका छन् । त्रिभुवन विमानस्थल परिसरमा देखिएको मानिसको भीडले सबभन्दा बढी आतङ्कित राजनीतिक दलहरू भएका छन् । त्यसमा पनि माओवादी केन्द्र त चरम निराशाको स्थितिमा पुगेको छ । एमाले र काँग्रेसले त्यसलाई सामान्य घटनाको रूपमा लिएको बताए पनि भित्रभित्रै निक्कै बेचैन देखिएका छन् । अहिलेका सत्तारुढ दल र विपक्षी शक्तिमा राजतन्त्रका बारेमा आआफ्नो मत भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक राजालाई शक्ति मान्ने, त्यसलाई राजनीतिमा ठाउँ दिने कुरामा विमति राख्दै आएका छन् ।

मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशकमा देखिएको उतारचढाव, विकृति विसङ्गति, भ्रष्टाचार, कमिसन खोरी प्रवृत्ति, नातावाद कृपावादबाट वाक्क भएर जनताले विकल्प खोजेका छन् भन्ने कुरा विगतका निर्वाचन र अनेक राजनीतिक घटनाक्रमले प्रस्ट सङ्केत गरेका छन् । तर २०६२ ।६३ को आन्दोलनकै शैलीमा राजालाई पुनः गद्दीमा फर्काउने अवस्थाको भने कसैले पनि कल्पना नगरेको अवस्थामा आइतबारको घटनाले सबै गणतन्त्रवादीलाई झस्काउनु स्वाभाविक नै हो । अहिले पूर्व राजा विगतको भन्दा बढी चर्चामा छन् । हुन त गणतन्त्र घोषणा पछिको दलहरूको कार्यशैलीले राजतन्त्र र गणतन्त्रबिचको फरक छुट्टिने स्थिति नै देखिएन । झन् अराजकता र बेथिति राजाको शासनकालको भन्दा बढी देखियो । यसले आम जनतामा दलहरूप्रति नकारात्मक धारणा बनाउने कार्य ग¥यो । राजनीतिमा सबै कुरा सम्भव हुन्छ भन्ने बुझेकाहरू समेत अब कुनै पनि खालको राजतन्त्र फर्किँदैन भनेर ढुक्कसँग जे पायो त्यही गर्न थालेका थिए ।

पुरानो राजतन्त्रात्मक मुलुक बेलायतमा केही वर्ष गणतन्त्र चलेपछि फ्रान्सबाट खोजेर ल्याएर अर्का व्यक्तिलाई राजा बनाइएको इतिहास छ । त्यसै गरी स्पेन र कम्पुचियामा पनि राजतन्त्र पुनः स्थापना भएको भेटाइन्छ । यहाँ पनि त्यस्तै अवस्थाको पुनराबृद्धि हुन्छ भन्ने होइन तर राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने चाहिँ सत्य हो । नेपालमा राजा फर्किन्छ कि फर्किँदैनन् भन्ने कुरा त्यति महत्वको विषय होइन तर राष्ट्रियता, सार्वभौमिकता, देशको स्वतन्त्रता र उन्नति प्रगतिको लागि राजा आवश्यक छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो । अहिलेको राजा सम्बधि विवादलाई यो कोणबाट अध्ययन गर्नु बढी व्यवहारिक हुन्छ । राजाको भूमिकाको कारण विगतमा राजतन्त्रको पतन भएको हो । राजालाई कानुन भन्दा माथि राख्ने संवैधानिक व्यवस्थालाई अहिले संविधानले हटाए पनि दलका नेता, शासक र तिनका सम्बन्धीहरू छोटे राजाकै भूमिकामा देखा परे । त्यसले संस्कृति रूपमा राजाको शासन र परम्परागत रूपमा त्यो प्रथालाई जीवित राख्यो ।

नेपालीको मनस्थिति अस्थिर र बढी चञ्चल खालको छ । यो मनोविज्ञानले स्थायित्व र शान्तिका आधारहरूलाई बारम्बार भत्काउने काम गर्छ । राजाहरूले नै लडेर स्थापना गरेको भएकाले नेपालको विस्थापित राज वंश यो मुलुक प्रति आफ्नो हक लाग्छ भन्ने ठान्छ । अहिले स्थायित्व, शान्ति र विकासका लागि राजा चाहिन्छ भन्नेहरूले राष्ट्रप्रति बेजिम्मेवार नेताहरूको व्यवहारलाई आधार मान्ने गरेका छन् । संविधानले नै राजतन्त्रलाई स्थान नदिएको अवस्थामा फेरि राजा ल्याउने बाटो के छ त भन्ने कुराले बढी महत्त्व राख्छ । नेताहरू भ्रष्ट, गैर उत्तरदायी भए पनि उनीहरूको सत्तामा जाने बाटो प्रस्ट छ । निर्वाचनको प्रक्रियाबाट निश्चित अवधिका लागि उनीहरू सत्तामा जान सक्छन् तर राजा र कुनै पनि खालको राजतन्त्रलाई त्यो सुविधा छैन । फेरी देशको शासन सत्तामा फर्कने बाटो नै नभएको राजा र राजतन्त्रका सम्बन्धमा अनावश्यक चर्चा परिचर्चा गर्नु नै बेकार छ । हो ठुला ठुला राजनीतिक परिवर्तनहरू संविधान र कानुनको बाटोबाट हुँदैनन् । गैर संवैधानिक उपायबाट राजा र अन्य तानशाही व्यवस्था आउन नसक्ने होइन । तर आजको युगमा त्यति सजिलै गैर संवैधानिक उपायबाट सत्ता परिवर्तन भइहाल्छ भन्ने ठान्नु बुद्धिमत्ता मानिँदैन । सदा सत्ताकै खेलमा रमाउनेहरूलाई त जायज नाजायज कुरा केही होइन तर व्यवहारिक रूपले चाहिँ सम्भव असम्भव कुरालाई विचार गरिनुपर्ने विषय हो ।

माओवादीहरू सांसदमै ज्ञानेन्द्र र पारसलाई राज परिवारको हत्याको मुद्दा लगाएर जेल हाल्नु पर्ने कुरा उठाउन थालेका छन् । त्यो उनीहरूको हताश मनस्थितिको पराकाष्ठा हो । माओवादीले वादरमुँढे, हार जङ जस्ता हजारौँ जघन्य हत्या गराएका छन् । त्यस्ता मुद्दा उठाएर जेल हाल्ने हो भने एक जना माओवादी पनि बच्दैन । त्यो राजनीतिक निरूपणको उपाय पनि होइन । नेपालमा राजतन्त्रको विस्थापन र गणतन्त्र, धर्म निरपेक्षताको वैधानिक आधार छैन भन्ने मान्यता राख्नेहरूले जनमत सङ्ग्रहको कुरा उठाइरहेका छन् । तर आइतबार राजधानीमा देखिएको भिडले जनमत सङ्ग्रहको माग गर्नेहरूलाई उत्साहित गराए पनि वर्तमान शासक बर्गलाई चाहिँ थप आतङ्कित पारेको छ ।

यसले मुलुकमा थप अस्थिरता र अराजकताको स्थिति सिर्जना गर्ने खतरा छ । राजालाई धम्क्याएर, तर्साएर आफ्नो दुनो सोझ्याउने स्थिति भने अव रहेन । राजालाई वैधानिक रूपमा कामकाज गर्ने अवसर नभए पनि अहिले राजा भनेको राजा नै हो भन्नेहरू पनि छन् । तर राजालाई पुनः शक्तिमा फर्काएर तर मार्ने बिचको द्वन्द्वले गर्दा राजावादी खेमा पनि विभक्त छ । यस्तो परिस्थितिमा देशलाई स्वतन्त्र राख्ने र आधुनिक युगमा प्रवेश गराउनेमा वर्तमान द्धन्द्धलाई मन्थर पार्नु आवश्यक छ । फर्केला त राजतन्त्र ? गत आइतबार पोखराबाट काठमान्डौँ आएका पुर्व राजाको स्वागतलाई आधार बनाएर राजावादीहरुले गरेको प्रदर्शनले मुलधारका राजनीति पार्टीहरु र तिनका नेताको सत्तो वालाएको छ । अहिले राजधानीका सबै क्षेत्रमा राजा, राजतन्त्र र गणतन्त्रको स्थिति र भविष्यका सम्बन्धमा अनेक कोणबाट चर्चा परिचर्चा भइरहेको छ ।

अब राजतन्त्र फकिन्छ त भन्ने प्रश्नले धेरैलाई उद्वेलित गराइरहेको छ । राजालाई भगवानको अवतार ठान्ने, राजा नभए राजपाठ नै चल्दैन भन्नेहरु त्यस घटनापछि निक्कै उत्साहित बनेका छन् । भने राजा आए साराकुरा गुम्छ, सर्वनाशै हुन्छ भन्नेहरु भने अनावश्यक रुपले आतंकित भएका छन् । त्रिभुवन विमानस्थल परिसरमा देखिएको मानिसको भीडले सबभन्दा बढी आतंकित राजनीतिक दलहरु भएका छन । त्यसमा पनि माओवादीकेन्द्र त चरम निराशाको स्थितिमा पुगेको छ । एमाले र कांग्रेसले त्यसलाई सामान्य घटनाको रुपमा लिएको बताए पनि भित्रभित्रै निक्कै बेचैन देखिएका छन् । अहिलेका सत्तारुढ दल र विपक्षी शक्तिमा राजतन्त्रका वारेमा आआफ्नो मत भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक राजालाई शक्ति मान्ने, त्यसलाई राजनीतिमा ठाउँ दिने कुरामा विभति राख्दै आएका छन ।

मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशकमा देखिएको उतरचढाव, विकृति विसँगति, भ्रष्टाचार, कमिशन खोरी प्रवृति, नातावाद कृपावादबाट वाक्क भएर जनताले विकल्प खोजेका छन भन्ने कुरा विगतका निर्वाचन र अनेक राजनीतिक घटनाक्रमले प्रष्ट संकेत गरेका छन । तर २०६२ ।६३ को आन्दोलनकै शैलीमा राजालाई पुनः गद्दीमा फर्काउने अवस्थाको भने कसैले पनि कल्पना नगरेको अवस्थामा आइतवारको घटनाले सबै गणतन्त्रवादीलाई झस्काउनु स्वभाविक नै हो । अहिले पुर्व राजा विगतको भन्दा बढी चर्चामा छन् । हुनत गणतन्त्र घोषणा पछिको दलहरुको कार्यशैलीले राजतन्त्र र गणतन्त्रबीचको फरक छुट्टिने स्थिति नै देखिएन । झन अराजकता र वेथिति राजाको शासनकालको भन्दा बढी देखियो । यसले आम जनतामा दलहरुप्रति नकरात्मक धारणा बनाउने कार्य गर्यो । राजनीतिमा सबै कुरा सम्भव हुन्छ भन्ने बुझेका हरु समेत अब कुनै पनि खालको राजतन्त्र फर्किदैन भनेर ढुक्कसँग जे पायो त्यही गर्न थालेका थिए ।

पुरानो राजतन्त्रात्मक मुलुक वेलायतमा केही बर्ष गणतन्त्र चलेपछि फ्रान्सबाट खोजेर ल्याएर अर्काै व्यक्तिलाई राजा बनाइएको इतिहास छ । त्यसैगरी स्पेन र कम्पुचियामा पनि राजतन्त्र पुनः स्थापना भएको भेटाइन्छ । यहाँ पनि त्यस्तै अवस्थाको पुनराबृद्धि हुन्छ भन्ने होइन तर राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने चाँहि सत्य हो । नेपालमा राजा फर्किन्छन कि फर्किदैनन् भन्ने कुरा त्यति महत्वको विषय होइन तर राष्ट्रियता, सार्वभौमिकता, देशको स्वतन्त्रता र उन्नति प्रगतिको लागि राजा आवश्यक छ कि छैन भन्ने कुरा चाँहि महत्वपुर्ण हो । अहिलेको राजा सम्बधि विवादलाई यो कोणबाट अध्ययन गर्नु बढी व्यवहारिक हुन्छ ।

राजाको भुमिकाको कारण विगतमा राजतन्त्रको पतन भएको हो । राजालाई कानुन भन्दा माथि राख्ने संवैधानिक व्यवस्थालाई अहिले संविधानले हटाए पनि दलका नेता, शासक र तिनका सम्बन्धीहरु छोटेराजाकै भुमिकामा देखा परे । त्यसले सांस्कृति रुपमा राजाको शासन र परम्परागत रुपमा त्यो प्रथालाई जीवित राख्यो । नेपालीको मनस्थिति अस्थिर र बढी चञ्चल खालको छ । यो मनोविज्ञानले स्थायित्व र शान्तिका आधारहरुलाई बारम्बार भत्काउने काम गर्छ । राजाहरुले नै लडेर स्थापना गरेको भएकाले नेपालको विस्थापित राज वंश यो मुलुक प्रति आफ्नो हक लाग्छ भन्ने ठान्छ । अहिले स्थायित्व, शान्ति र विकासका लागि राजा चाहिन्छ भन्नेहरुले राष्ट्रप्रति वेजिम्मेवार नेताहरुको व्यवहारलाई आधार मान्ने गरेका छन । संविधानले नै राजतन्त्रलाई स्थान नदिएको अवस्थामा फेरि राजा ल्याउने बाटो के छ त भन्ने कुराले बढी महत्व राख्छ । नेताहरु भ्रष्ट, गैर उत्तरदायी भए पनि उनीहरुको सत्तामा जाने बाटो प्रस्ट छ । निर्वाचनको प्रकृयाबाट निश्चित अवधिका लागि उनीहरु सत्तामा जान सक्छन तर राजा र कुनै पनि खालको राजतन्त्रलाई त्यो सुविधा छैन । फेरी देशको शासनसत्तामा फर्कने बाटो नै नभएको राजा र राजतन्त्रका सम्बन्धमा अनावश्यक चर्चा परिचर्चा गर्नु नै वेकार छ ।

हो ठुलाठुला राजनीतिक परिवर्तनहरु संविधान र कानूनको बाटोबाट हुँदैनन् । गैर संवैधानिक उपायबाट राजा र अन्य तानशाही व्यवस्था आउन नसक्ने होइन । तर आजको युगमा त्यति सजिलै गैर संवैधानिक उपायबाट सत्ता परिवर्तन भइहाल्छ भन्ने ठान्नु मुद्दिमत्ता मानिदैन । सदा सत्ताकै खेलमा रमाउनेहरुलाई त जायज नाजायज कुरा केही होइन तर व्यवहारिक रुपले चाँहि सम्भव असम्भव कुरालाई विचार गरिनुपर्ने विषय हो । माओवादीहरु संसदमै ज्ञानेन्द्र र पारसलाई राज परिवारको हत्याको मुद्धा लगाएर जेल हाल्नु पर्ने कुरा उठाउन थालेका छन् । त्यो उनीहरुको हतास मनस्थितिको पराकाष्टा हो । माओवादीले वादरमुँढे, हारजङ जस्ता हजारौँ जघन्य हत्या गराएका छन । त्यस्ता मुद्धा उठाएर जेल हाल्ने हो भने एक जना माओवादी पनि बच्दैन । त्यो राजनीतिक निरुपणको उपाय पनि होइन ।

नेपालमा राजतन्त्रको विस्थापन र गणतन्त्र, धर्म निरपेक्षताको वैधानिक आधार छैन भन्ने मान्यता राख्नेहरुले जतमत संग्रहको कुरा उठाइरहेका छन । तर आइतवार राजधानीमा देखिएको भिडले जनमत संग्रहको माग गर्नेहरुलाई उत्साहित गराए पनि वर्तमान शासक बर्गलाई चाँहि थप आतंकित पारेको छ । यसले मुलुकमा थप अस्थिरता र अराजकताको स्थिति सिर्जना गर्ने खतरा छ । राजालाई धम्क्याएर, तर्साएर आफ्नो दुनो सोझ्याउने स्थिति भने अव रहेन । राजालाई बैधानिक रुपमा कामकाज गर्ने अवसर नभए पनि अहिले राजा भनेको राजा नै हो भन्नेहरु पनि छन । तर राजालाई पुनः शक्तिमा फर्काएर तरमार्ने वीचको द्धन्द्धले गर्दा राजावादी खेमा पनि विभक्त छ । यस्तो परिस्थितिमा देशलाई स्वतन्त्र राख्ने र आधुनिक युगमा प्रवेश गराउनेमा वर्तमान द्धन्द्धलाई मन्थर पार्नु आवश्यक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *