मन्त्रीले काम गरेका छैनन् भने हटाउनुपर्छ: रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अहिलेको सरकारका मन्त्रीले काम नगरेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउनुपर्ने बताएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा दिने भन्दा पनि कानुनअनुसार गराउनुपर्छ भन्ने सर्वोच्च अदालतको आदेशअनुसारको हो। यत्ति कुरा बुझ्नपर्छ।’ यस्तो कानुन ल्याउन नलागेको भन्ने विषय उपप्रधानमन्त्री प्रकाशमान सिंहले बोलेको बताउँदै पन्तले भने,‘होइन भने सदनमा भन्नुहोस् न।’

विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाहीले विरोध गरेपछि पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका हुन् । सांसद पन्तले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्शा रहेको तर २०१७ सालपछि पञ्चायतपछि चुच्चे नक्शा हराएको भन्दै त्यसको जवाफ मागेका थिए । उनले गणतन्त्र आएपछि चुच्चे नक्शा ल्याएको बताए । चुच्चे नक्शा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न गरे ।

उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर प्रयोग गरिएकोबारे पनि प्रश्न उठाउदै भने- ‘तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ यसो हेर्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’ 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *