केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बैठकको मिति र समय भने तय भएको छैन । त्यस्तै, आजको बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने काम भएको बताइएको छ ।
आइतबारको बैठकले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेबाट जानकारी गराएको पनि रास्वपाले बताएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिने र दिने काम पनि भएको रास्वपाले बताएको छ ।संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी गराएका थिए ।